एमालेका नेता कार्यकर्ता सडकमा निस्किएपछि बुटवलमा पनि सुरक्षा व्यवस्था कडाइ गरिएको छ।
मिलनचोक लगायतका क्षेत्रमा एमाले कार्यकर्ताहरू प्रदर्शनका लागि निस्किएपछि त्यहाँ बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ।
अध्यक्ष केपी ओलीको पक्राउपछि एमाले रुपन्देहीको आह्वानमा जनसंगठनहरुले साढे ४ बजेदेखि प्रदर्शन सुरु गरेका थिए। उनीहरूले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका छन्।
प्रदर्शनको सूचना पाएको प्रहरीले दिउसो ३ बजेदेखि नै व्यापक प्रहरी परिचालन गरेको थियो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी निशान्त श्रीवास्तवको कमान्डमा प्रहरी परिचालन भएको छ।
सशस्त्र प्रहरी पनि उल्लेख्य संख्यामा खटिएका छन्।
तस्बिरहरूः
-ink-1774697077.jpeg)
-ink-1774697076.jpeg)
-ink-1774697075.jpeg)
-ink-1774697075.jpeg)
-ink-1774697075.jpeg)
-ink-1774697075.jpeg)
-ink-1774697075.jpeg)
-ink-1774697075.jpeg)