पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यमा समस्या देखिएपछि आज अस्पतालमै राखिने भएको छ।
अस्पताल स्रोतका अनुसार उनको मुटुको चालमा गडबडी लगायतका केही स्वास्थ्य समस्या देखिएकाले थप निगरानीका लागि अस्पतालमै राख्ने निर्णय गरिएको हो।
चिकित्सकहरूले स्वास्थ्य अवस्थाको निरन्तर परीक्षण तथा निगरानी गरिरहेको जनाइएको छ।
अहिले ओलीलाई अस्पतालको भिभिआइपी कक्षमा राखिएको अस्पताल स्रोतले जनाएको छ।
चिकित्सक टोलीले आवश्यक परीक्षण तथा उपचार जारी राखेको र स्वास्थ्य अवस्थाबारे थप विवरण पछि सार्वजनिक गरिने बताइएको छ।
शनिबार बिहानै ओलीलाई पक्राउ गरिएको थियो।
भक्तपुरको गुण्डुबाट पक्राउ गरी उनलाई प्रहरीले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर ल्याएको थियो।
त्यहाँ केही बेर राखेपछि उनलाई स्वास्थ्य जाँच गराउन त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको थियो।