नेकपा (एमाले)को केन्द्रीय सचिवालयको आकस्मिक बैठक जारी छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार दिउँसो बैठक सुरू भएको हो।
बैठकमा केन्द्रीय सचिवालय सदस्यहरू उपस्थित छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा एमाले दल नेता एवम् कार्यवाहक अध्यक्ष राम बहादुर थापा बादलको अभिव्यक्तिलाई लिएर एमालेले सचिवालयको आकस्मिक बैठक बोलाएको थियो।
दल नेता बादलले राष्ट्रिय स्वतन्त्र पार्टीको अभूतपूर्व विजयमा कर्मचारी प्रशासनदेखि सेना र बाह्यतर्फ टिओबी लगायतको भूमिका रहेको बताएका थिए।
उनको अभिव्यक्तिले पार्टीभित्र समेत तरंग ल्याएको थियो।
केन्द्रीय सचिवालय तहका नेताहरूले उनको भनाइमा आपत्ति जनाउँदै प्रतिक्रिया सार्वजनिक गरेका थिए। लगत्तै एमालेले सचिवालय बैठक बोलाएको थियो।
तस्बिरहरूः
-ink-1775209940.jpeg)
-ink-1775209940.jpeg)
-ink-1775209939.jpeg)
-ink-1775209940.jpeg)
-ink-1775209939.jpeg)
-ink-1775209939.jpeg)
-ink-1775209940.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।
यो पनिः एमालेमा फेरिँदै शक्ति सन्तुलन, संस्थापन भित्रैबाट ओली समूहलाई चुनौती