राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रबार अपराह्न ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थको भनाइ छ।
संविधानको धारा ९५ मा राष्ट्रपतिले निर्वाचनपछिको पहिलो अधिवेशनमा सम्बोधन गर्नेछन् भन्ने व्यवस्था छ।