प्रतिनिधि सभाले उपसभामुख पदका लागि निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई निर्वाचन कार्यक्रम प्रकाशित गर्न निर्देशन दिएका थिए।
कार्यक्रम अनुसार उपसभामुखको मनोनयन बिहीबार बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ। दिउँसो साढे २ बजे उम्मेदवारहरुको नामावली प्रकाशित हुनेछ।
त्यस्तै २७ गते ४ बजे हुने निर्वाचनमा उम्मेदवारहरूको नाम अनुसार निर्णयार्थ प्रस्तुत हुनेछ।
उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू र अन्य दलका पनि पुरूष उम्मेदवार बन्न पाउने छैनन्।
सभामुख रास्वपाबाट पुरूष चयन भएकाले उपसभामुखमा अन्य दलबाट महिला चयन गर्नुपर्नेछ।
उपसभामुखमा कुन दललाई सहयोग गर्ने रास्वपाले निर्णय गरिसकेको छैन।
