नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ ले कास्कीको जिल्ला भेलामा दिएको अभिव्यक्तिपछि पार्टीपंक्ति तरंगित बनेको छ।
बादलले पोखरामा आफूले सदनको पहिलो बैठकमा दिएको अभिव्यक्तिले पार्टीभित्र र बाहिरका दक्षिणपन्थी एक्सपोज भएको बताएका थिए।
त्यसपछि एमाले नेताहरूले पक्षविपक्षमा धारणा सार्वजनिक गरिरहेका छन्।
उपमहासचिव योगेश भट्टराईले छोटो कवितात्मक शैलीमा व्यंग्य गरेका छन्।
‘मुसलधारे वर्षा भयो, जबज निथ्रुक्कै भिज्यो, मदन तीन छक्क पर्नुभयो हामी हेरेको हेर्यै भयौं! स्वाट्ट बिउँझिएको त कोठामा घाम छिरिसकेको रहेछ,’ उनले प्रतीकात्मक ढंगले कटाक्ष गरेका छन्।