श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुखमा उम्मेदवारी दिने संकेत गरेका छन्।
बिहीबार उपसभामुखका लागि उम्मेदवारी दर्ता हुँदैछ।
उनले सामाजिक सञ्जालमार्फत उपसभामुखको चुनाव हुने बताएका छन्।
‘उपसभामुखको चुनाव हुनेछ! छलफल गर्नुस्! बार्गेनिङ होइन!’ उनले भनेका छन्।
उपसभामुखमा कसलाई समर्थन गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छलफलमा छन्।
संविधान अनुसार सभामुख र उपसभामुख एउटै पार्टी र लिंगको हुन मिल्दैन।
रास्वपाका उपसभापति डोलप्रसाद अर्याल सभामुख निर्वाचित भइसकेकाले उपसभामुख फरक पार्टीलाई दिनुपर्ने अवस्था छ।