पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई परिवारको जिम्मामा छाडिएको छ।
बिहीबार बिहान उनलाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
ओलीलाई उनकी श्रीमती राधिका शाक्यको जिम्मामा छाडेको हो।
ओलीलाई प्रहरीले चैत १४ गते बिहान पक्राउ गरेको थियो। त्यसयता उनी स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा छन्। त्यहीँ उपचारको क्रममा रहेका ओलीलाई परिवारको जिम्मामा लगाइएको हो। उनी अझै केही समय अस्पतालमै रहने पनि पारिवारिक स्रोतले जानकारी दियो।
पूर्वगृहमन्त्री रमेश लेखकको हकमा पनि जिम्मा लगाउने प्रक्रिया अघि बढेको छ।
सर्वोच्च अदालतको आदेश अनुसार सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार दुबैलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेको हो।
प्रहरीले दुवै जनामाथि भदौ २३ को घटनासँग सम्बन्धित ज्यानसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।