राप्रपाकी सांसद सरस्वती लामा उपसभामुख पदमा उम्मेदवारी दिन पुगेकी छन्।
राप्रपाले रास्वपाको सहयोगमा उपसभामुख पदमा उम्मेदवारी दिन लागेको छ।
सरस्वती धादिङकी हुन्।
उनी समानुपातिकतर्फबाट राप्रपा सांसद बनेकी हुन्। उनी राप्रपा नेता बुद्धिमान तामाङकी पत्नी हुन्।
सभामुख रास्वपाका डोलप्रसाद अर्याल छन्। उनी पनि धादिङका हुन्।
रास्वपाले सभामुख लिएर उपसभामुख राप्रपालाई समर्थन गर्न लागेको हो।
राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीका अनुसार रास्वपा सभापति रवि लामिछानेले उपसभामुखमा राप्रपालाई सहयोग गर्ने दाबी गरेका छन्।