उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रूविकुमारी ठाकुरले उम्मेदवारी दिएकी छन्।
आज उपसभामुखका लागि मनोनयन भइरहेको छ।
ठाकुरको प्रस्तावकमा श्रम संस्कृतिका सांसद आरेन राई र समर्थकमा रास्वपा सांसद अशोककुमार चौधरी छन्।
उपसभामुख पदमा राप्रपाकी सरस्वति लामाले पनि उम्मेदवारी दिएकी छन्।
राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीले रास्वपा सभापति रवि लामिछानेले राप्रपा सांसदलाई उपसभामुखमा समर्थन गर्ने बताएको दाबी गरेका थिए।