राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रम मन्त्रीबाट दीपककुमार साहलाई हटाउन भन्दै प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेका छन्।
सभापति लामिछानेले आज प्रधानमन्त्री बालेन शाहलाई सिफारिस पत्र पठाउँदै मन्त्रीबाट साहलाई हटाउन भनेका हुन्।
मन्त्री साहले पदीय मर्यादाको दुरूपयोग गरी श्रीमतीलाई लामो समयदेखि निस्क्रिय राखिएको स्वास्थ्य बिमा बोर्ड सदस्यमा नियमित गराउने कार्य गरेको पार्टी केन्द्रीय अनुसन्धान आयोगको अध्ययनबाट देखिएको भन्दै सभापति लामिछानेले श्रम मन्त्री साहलाई हटाउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका हुन्।
सभापति लामिछानेले मन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्न सिफारिससमेत गरेका छन्।
साथै यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखिएको भन्दै सभापति लामिछानेले स्वास्थ्य मन्त्री निशा मेहतालाई सचेत गराउनसमेत सिफारिस गरेका छन्।
यस्तो छ पत्र-
