राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल बैठक अहिले बस्दैछ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धबारे छलफल हुने सांसदसमेत रहेका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
उपसभामुखको निर्वाचन आज हुँदैछ। रास्वपाले श्रम संस्कृति पार्टीकी सांसद रूवीकुमारी ठाकुरलाई समर्थन गरिसकेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामाले पनि उम्मेदवारी दिएकी छन्।
संसदीय बैठकमा विविध विषयमा पनि छलफल हुने बुर्लाकोटीले बताए।
तस्बिरहरू:


















सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी