राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ।
आज सिंहदरबारमा बसेको रास्वपा संसदीय दल बैठकले उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।
उपसभामुख निर्वाचन आज हुँदैछ।