नेपाली कांग्रेसले उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबिकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ।
कांग्रेस संसदीय दलमा आज भएको छलफलले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई मतदान गर्ने निर्णय भएको हो।
कांग्रेस कार्यालय सचिव दिनेश थापा मगरका अनुसार उपसभामुखमा कांग्रेसले श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ।
सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको आग्रहमा सांसदहरूले श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेका थिए। सभापति थापा र उपसभापति शर्मा दुवै सांसद छैनन्।
आज उपसभामुख निर्वाचन हुँदैछ। श्रम संस्कृति पार्टी र राप्रपाबाट उम्मेदवार छन्। राप्रपाबाट सांसद सरस्वती लामा उपसभामुख पदको उम्मेदवार छिन्।
प्रतिनिधि सभामा कांग्रेसका ३८ जना सांसद छन्।
आजको बैठकमा सांसद बासना थापा बोल्ने कार्यक्रमसमेत रहेको कांग्रेसले जनाएको छ।