प्रतिनिधि सभाको उपसभामुख पदका लागि हुन लागेको निर्वाचनमा विपक्षी दल नेकपा एमालेले कुनै पनि उम्मेदवारको पक्षमा मत नदिने भएको छ।
नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले मतदानको अवस्था आए आफ्नो दलले कसैलाई पनि मत नदिने निर्णय भएको बताए ।
उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा र श्रम संस्कृति पार्टी रुबि कुमारी ठाकुर उम्मेदवार छिन् ।
रुबीलाई प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीले पनि रुबीलाई समर्थन गर्ने निर्णय गरेका छन्।
'राप्रपाले उम्मेदवारी फिर्ता लिएको अवस्थामा हामीले श्रम संस्कृति पार्टीको उम्मेदवारलाई शुभकामना दिन्छौँ', बरालले भने, 'मतदानको अवस्था आए। हाम्रो 'नो भोट' हुन्छ।'
उपसभामुखको निर्वाचनका लागि शुक्रबार दिउँसो ४ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।