राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफन्त र साथीभाइहरूलाई नियुक्ति दिलाउन नलाग्ने आग्रह गरेका छन्।
पार्टीको आज बसेको संसदीय दल बैठकमा बोल्दै उनले मन्त्रीहरूलाई लक्ष्य गरी आफन्त र साथीभाइलाई नियुक्ति दिलाउन नलाग्न भनेका हुन्।
‘आफन्त र साथीभाइलाई नियुक्ति दिलाउन नलाग्नुहोला,’ उनले भने।
रास्वपाले बिहीबार श्रम मन्त्रीबाट दीपककुमार साहलाई पदमुक्त गरेको थियो। श्रीमतीको नियुक्ति निरन्तरता दिन उनले भूमिका खेलेको आरोप थियो।
रास्वपाले पार्टीका सांसद र केन्द्रीय सदस्यहरूलाई अनावश्यक रूपमा भिड गर्न सिंहदरबार नजान निर्देशन दिएको छ।
आज बसेको संसदीय दलको बैठकले मन्त्रिपरिषद्को कार्यालय र मन्त्रालयहरूमा अनावश्यक रुपमा नजान र भिडभाड नगर्न' केन्द्रीय सदस्य, सांसद र पार्टीका सदस्यहरूलाई निर्देशन दिएकाे हाे।