परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेट भएको छ।
मौरिसस भ्रमणमा रहेका खनालले शुक्रबार विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन्।
भेटपछि सामाजिक सञ्जालमा तस्बिर राख्दै जयशंकरले बधाई दिएको बताएका छन्।
‘नेपालका परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटेर खुसी लाग्यो। मन्त्री पदको नियुक्तिका लागि बधाई दिए,’ उनले भनेका छन्।
उनीहरूबीच विभिन्न क्षेत्रमा दुई देशबीच पूर्ण सहकार्यको सम्भावनाबारे छलफल भएको थियो।
परराष्ट्र मन्त्रालयले पनि दुई मन्त्रीबीच भेटबारे सार्वजनिक गरेको छ।
आज र भोलि नवौं पश्चिमी हिन्द महासागर सम्मेलनमा सहभागी हुन खनाल मौरिससको पोर्ट लुइसमा छन्।