आज उपसभामुख पदका लागि निर्वाचन भइरहेको छ।
सिंहदरबारस्थित प्रतिनिधि सभा बैठकमा उपसभामुख निर्वाचन भएको हो।
उपसभामुख पदमा राप्रपाकी उम्मेदवार सरस्वती लामा र श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुर उम्मेदवार छन्।
राप्रपाकी लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा जम्मा ५ मत परेको छ। प्रतिनिधि सभामा राप्रपाका ५ जना सांसद छन्।
साथै विपक्षमा २१५ मत परेको छ। मत दिन्न भन्ने सांसदको संख्या ३७ जना छ। नेकपा एमाले र नेकपाका सांसदहरू तटस्थ बसेका थिए।
आजको प्रतिनिधि सभा बैठकमा २५७ जना सांसद उपस्थित थिए।