आज उपसभामुख निर्वाचन भइरहेको छ।
उपसभामुख निर्वाचनमा २ जना उम्मेदवार छन्।
राप्रपा सांसद सरस्वती लामा र श्रम संस्कृतिकी सांसद रूबीकुमारी ठाकुर उम्मेदवार छन्।
पहिले राप्रपा सांसद लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमा मतविभाजन भएको थियो।
आज प्रतिनिधि सभामा २५७ जना सांसद उपस्थित थिए। लामाको पक्षमा ५ मत मात्रै आयो। राप्रपाका ५ जना सांसद मात्रै छन्। साथै विपक्षमा २१५ मत परेको छ। मत दिन्न भन्ने सांसदको संख्या ३७ जना छ। तटस्थमा किन यति धेरै मत आयो भन्ने चासो छ।
नेकपा एमालेले रोस्टमबाटै उपसभामुख निर्वाचनमा तटस्थ बस्ने भनेका थिए। एमालेका २५ जना सांसद छन्।
तर उपसभामुख निर्वाचनमा लामाका नाममा मतदान हुँदा नेपाली कम्युनिष्ट पार्टी पनि तटस्थ बस्यो।
'हामीले विपक्षी तर्फको उम्मेदवारको विपक्षमा मत हालेनौं। त्यसैले तटस्थ बस्यौं', नेकपाका प्रमुख सचेतक युवराज दुलालले सेतोपाटीसँग भने, 'हामीले श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई मत दिनेछौं।'
अब ठाकुरलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि प्रतिनिधि सभामा मतविभाजन हुनेछ।