प्रतिनिधि सभाका विषयगत समितिहरूको सभापति चयनका लागि आगामी वैशाख ४ गते निर्वाचन हुने भएको छ।
सभामुख डोलप्रसाद अर्यालले शुक्रबारको बैठकमा प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम निर्वाचनको मिति र समय तोकेका हुन्।
सभामुख अर्यालले भने, ‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरूको सभापतिको निर्वाचनको लागि २०८३ साल वैशाख ४ गते शुक्रबार दिनको १ बजेको समय तोकिएको व्यहोरा जानकारी गराउँछु।’
यो निर्वाचनसँगै अब सबै विषयगत समितिहरूले पूर्णता पाउने अपेक्षा गरिएको छ। –न्युज एजेन्सी नेपाल