उपसभामुख रूबी कुमारीले शपथ लिएकी छन्।
बुधबार अपराह्न उपसभामखु निर्वाचित भएकी रूबी कुमारीलाई साँझ शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गराएका हुन्।
समारोहमा उपराष्ट्रपति रामहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च सरकारी अधिकारीहरू सहभागी थिए।
रूबीकुमारीलाई श्रम संस्कृति पार्टीले उपसभामुखको उम्मेदवार बनाएको थियो।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा उनी सभामुख निर्वाचित भएकी थिइन्।
तस्बिरहरूः
-ink-1775868627.jpeg)
-ink-1775869352.jpeg)
-ink-1775869352.jpeg)
-ink-1775869353.jpeg)
-ink-1775869353.jpeg)
-ink-1775869353.jpeg)
-ink-1775869353.jpeg)
-ink-1775869353.jpeg)