प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइट मार्फत् सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
सम्पत्ति विवरणमा शाहकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं वडा नंम्बर ९ मा ५ आजना जना रहेको र धनुषामा १ दशमवल २ विघा जग्गा रहेको उल्लेख छ।
त्यस्तै बुवा रामनाराइण शाहको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको उल्लेख छ।
शाहले श्रीमती सवितासँग १ सय ९० तोला सुन रहेको उल्लेख गरेका छन्। सम्पत्तिको स्रोत पैतृक भएको उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले आफ्नो बैंक खातामा १ करोड ४६ लाख रकम रहेको सम्पत्ति विवरणमा खुलाएका छन्। उनले आफ्नो आयको स्रोत फेसबुक, युट्युब,र स्पोटिफाइ रहेको उल्लेख गरेका छन्।
उनले आफ्नो अन्य सम्पत्ति विवरणका रूपमा फेसबुक, युट्युब र ट्वीटरमा भएको फलोअर संख्या समेत देखाएका छन्।