भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासनसमन्त्री समेत रहेकी प्रतिभा रावलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्।
आइतबार सार्वजनिक सम्पत्ति विवरणअनुसार उनकोको नाममा काठमाडौंको बूढानीलकण्ठमा ५ आना बनेको घर छ। जुन जग्गा ७० लाखमा खरिद गरेको उनले बताएकी छन्। यो उनको पतिले जोडेका हुन्।
प्रतिभा रावलको नाममा बाराको कोलाबीमा १० धुर जग्गा छ। जुन उनले ५ लाखमा खरिद गरेकी हुन्। उनीसँग सुन तथा गरगहना २५ तोला छ। नबिल बैंकमा ३ लाख, ग्लोबल आइएमइमा १ लाख ७८ हजार, एभरेष्ट बैंकमा २० लाख रुपैयाँ नगद मौज्दात छ। विभिन्न कम्पनीको करिब १ लाख मूल्यको साधारण सेयर छ।
एभरेष्ट बैंकमा २० लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको र ४४ लाख मूल्यको सवारी साधन रहेको उनले बताएकी छन्।