भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री सुनिल लम्सालले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै बैंकमा ९० लाख रूपैयाँ रहेको जनाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार लम्सालको रूपन्देहीमा एक कट्ठा १० धुर क्षेत्रफलमा घर छ।
त्यस्तै, नवलपरासीको कावासोती नगरपालिकामा १० कट्ठा १५ धुर र स्याङ्जाको बिरूवा गाउँपालिकामा ७ रोपनी खेत, २२ रोपनी बारी छ।
लम्सालले ३० तोला सुन र ५० तोला चाँदी रहेको सम्पत्ति विवरण पनि पेस गरेका छन्।