समाज कल्याण परिषद् मातहत रहेको भृकुटीमण्डप भित्रको संरचना भाडामा लिई बक्यौता नबुझाउने २० संघ, संस्था र केही व्यवसायिक कबलमा समाज कल्याण परिषद्ले ताला लगाउन लागेको छ।
सोमबार नै प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएकाले भाडा नतिर्ने २० संघ–संस्था र केही व्यवसायिक कबलमा ताला लगाउन लागेको समाज कल्याण परिषदले जनाएको छ।
भृकुटीमण्डप भित्रका ती संरचनाबाट ७ करोड ७९ लाख ८१ हजार ३४ रुपैयाँ बक्यौता उठ्न बाँकी छ। यसरी बक्यौता नबुझाउनेमा एमालेनिकट अनेरास्ववियुसमेत छ। उसले स्टल नम्बर ६० र ६१ उपयोग गरिरहेको छ।
२०७७ सालदेखि संगठन बस्न थालेको र हालसम्म भाडा नबुझाएको परिषदको प्रतिवेदनमा उल्लेख छ। अनेरास्ववियु बिना निवेदन, बिना सम्झौता जबरजस्ती बसेको परिषद्ले जनाएको छ।
यस्तै पत्रकार ऋषि धमला अध्यक्ष रहेको रिपोर्टर्स क्लबले पनि बक्यौता बुझाएको छैन। रिपोर्टस् क्लबले ७३ लाख ४० हजार ९०१ रूपैयाँ ७५ पैसा बुझाउन बाँकी छ।
त्यस्तै बालबालिकाका निम्ति गैरसरकारी संस्थाहरूको महासंघ नेपालले ८९ लाख ९० हजार ७४६ रुपैयाँ तिर्न बाँकी छ।
यस संस्थाले २०६३ सालदेखि भाडा बुझाएको छैन। राष्ट्रिय अपांग महासंघ, राष्ट्रिय फोटो पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ आदिले पनि स्टल उपयोग गरी हालसम्म बक्यौता बुझाएका छैनन्।
भाडा नबुझाउनेहरूको सूची





