राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई मन्त्रीले बुधबार सांसदहरूसँग पूर्वबजेट छलफल गर्न लागेका हुन्।
अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रीसमेत रहेका सुनिल लम्साल र सांसदबीच छलफल हुन लागेको हो।
बुधबार ४ बजे तय गरिएको छलफलमा आगामी आर्थिक वर्षको बजेट र त्यसका प्राथमिकताका विषयमा कुराकानी गर्ने कार्यसूची रहेको प्रवक्ता मनिष झाले जानकारी दिए।
यस्तो छलफल नियमित गरिने झाले जानकारी दिए।