सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका मनोज कुमार शर्माले ६ वर्ष कार्यकाल सम्हाल्ने भएका छन्।
बिहीबार बसेको संवैधानिक परिषद बैठकले शर्मालाई प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको हो।
अब उक्त सिफारिसबारे संसदीय समितिमा सुनुवाइ हुनेछ। उनको नाम अनुमोदन भए ६ वर्षे पूरा कार्यकाल सम्हाल्ने छन्।
संविधानको धारा १२९ को उपाधरा (४) ले प्रधानन्यायाधीशको पदावधि ६ वर्षको हुने उल्लेख गरेको छ। शर्मा २०२७ असार ४ गते जन्मिएका हुन्। सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रूपमा ६५ वर्षे उमेर हद पनि तोकिएको छ।
उनी उमेर हद अगावै ६ वर्षको कार्यकाल पूरा गरेर अवकाशमा जाने छन्।
यसअघिका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण अवकाशमा गएका थिए।