राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान भएको छ।
प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार जेठ १ गते केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने भएको हो।
उनकाअनुसार निर्वाचनपछिको परिवर्तित सन्दर्भमा पार्टीको रणनीति तय गर्न, सात वटै प्रदेशको समीक्षा बैठकबाट प्राप्त सुझावबारे छलफल गर्न, केन्द्रीय कार्यसमिति बैठकको मिति तय गर्नेबारे उक्त बैठकमा छलफल हुनेछ।
पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित विषय र समसामयिक परिस्थितिका विविध विषयमा पनि बैठकमा छलफल गर्ने तयारी छ।
जेठ १ गते शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने उनले बताए।