नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखापर्न थालेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् टिप्पणी गर्दै उनले विधि, पद्धति, संविधान र संस्थागत निरन्तरताको सम्मान नै लोकतन्त्रको आधार भएको बताएका हुन्।
‘सरकार अविच्छिन्न उत्तराधिकार भएको संस्था हो। राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही ढंगले त्यसलाई खण्डितगरी संस्थागत अस्थिरता निम्त्याउने कार्य लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुन्छन्। यस्ता कदमहरूले अधिनायकवादतर्फको प्रवृत्तिलाई बल पु¥याउने खतरा रहन्छ। विधि, पद्धति, संविधान र संस्थागत निरन्तरताको सम्मान नै लोकतन्त्रको आधार हो,’ उनको भनाइ छ।