राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सभापतिको उम्मेदवार बन्न ५१ हजार दस्तुर तोकिएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीलाई ४१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार उम्मेदवारी शुल्क तोकेको हो।
यस्तै सहमहामन्त्री विपिन आचार्यको संयोजकत्व विधान संशोधन समिति गठन गरेको छ। जसमा प्रकाशचन्द्र परियार लगायत सदस्य छन्।
केन्द्रीय समिति बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ।