प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेका छन्।
सरकारका नीति तथा कार्यक्रममाथि उठेका प्रश्नबारे प्रधानमन्त्री बालेन शाहले जबाफ दिने कार्यसूची भए पनि उनको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोल्न सभामुखले समय दिएपछि प्रतिपक्षी दलहरूले विरोध गरेका हुन्।
प्रतिपक्षी दलहरूले प्रधानमन्त्री सदनमा नआएको भन्दै विरोध गरेका छन्। कतिपय प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको राजीनामा पनि माग गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपाले सदन अवरोध गरेका हुन्।