नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बागमती प्रदेशस्तरीय भेला गरेका छन्।
आज काठमाडौंमा उक्त भेला भएको हो।
भेलामा नेता प्रकाशमान सिंह, महालक्ष्मी उपाध्याय डिना, प्रकाशशरण महत, मोहनबहादुर बस्नेत, भक्तपुर सभापति दुर्लभ थापालगायत सहभागी थिए।
देउवा पक्षले मंगलबार विराटनगरमा कोशी प्रदेशस्तरीय भेला गरेको थियो।
सातै प्रदेश भेला गरी थप कार्यक्रम तय गरिने नेताहरूले जनाएका छन्।
गत पुसमा विशेष महाधिवेशन हुँदा देउवा पक्ष सहभागी भएका थिएनन्।
पार्टीलाई एकताबद्ध बनाउन सभापति गगन थापाले भूमिका नखेलेको आरोप देउवा पक्षका नेताहरूको छ, त्यसैले उनीहरूले भेलाहरू गर्दै आएका छन्।
तस्बिरहरू:
-1778660237.jpg)
-1778660237.jpg)
-1778660237.jpg)
-1778660237.jpg)
-1778660236.jpg)
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी।