नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सत्तारूढ रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बालेन शाह समन्वयमा रहे नरहेकोबारे प्रश्न गरेका छन्।
उपसभापति शर्माले आज दिउँसो सामाजिक सञ्जाल एक्समार्फत् रास्वपा सभापति लामिछानेलाई उक्त प्रश्न गरेका हुन्।
प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नमा जबाफ दिन प्रधानमन्त्री बालेन गएका थिएनन्।
उनको सट्टामा अर्थमन्त्री स्वर्णिम वाग्लेले सदनमा बोल्न गएका छन्।
त्यसअघि आजै सदनमा विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति खोजेका थिए।
यसतर्फ लक्ष्य गर्दै उपसभापति शर्माले लामिछानेलाई सोधेका छन्- के हुँदैछ यस्तो मित्र? के यहाँको समन्वयमा हुनुहुन्छ प्रधानमन्त्री?
‘संसदीय पद्धति आफै सुन्दर बन्दैन, निर्भर हुन्छ हाम्रो व्यवहारमाl `फागुन २१´को विश्वास भत्काउँदै नागरिकमा निराशा छर्दा प्रणाली र देशको हित हुन सक्दैन, सजग बन्नुस्/बनाउनुस्l पूर्वाग्रह बिना खुला सुझाव,’ उनले भनेका छन्।