प्रतिनिधि सभा बैठक फेरि स्थगित भएको छ।
बुधबार नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री बालेन शाहको उपस्थिति हुनुपर्ने माग राख्दै विपक्षी दलले प्रतिनिधि सभा अवरोध गरेका छन्।
पहिलो पटक अवरूद्ध भएको बैठक पछि सभामुख डिपी अर्यालले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।
छलफल पछि बसेको बैठकमा भने कांग्रेसले रूलिङ समेत गरी प्रधानमन्त्रीको उपस्थिति सुनिश्चितता माग्दै अवरोध गरेको हो।
सभा सञ्चालन हुन नसकेपछि सभामुख अर्यालले १५ मिनेटका लागि स्थगित गरेका हुन्।