राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको सचिव पदमा प्रकाश अधिकारीलाई नियुक्त गरेका छन्।
सभामुख डोलप्रसाद अर्यालले आज अधिकारीलाई प्रतिनिधि सभा सचिव सिफारिस गरेका थिए।
सभामुखको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा सचिव नियुक्त गर्ने व्यवस्था छ।
प्रतिनिधि सभा सचिव अधिकारी संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ३ का हुन्।
उनले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर पनि गरेका छन्।
उनीसँग निजामती सेवामा २४ वर्ष काम गरेको अनुभव छ। उनी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारीसमेत हुन्।
