नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ।
पार्टी विधानअनुसार सभापति गगन थापाले केन्द्रीय सदस्य तारामान गुरूङ संयोजक रहेको अनुशासन समिति आज पुनर्गठन गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
उक्त समितिमा सदस्यहरू केन्द्रीय सदस्य धना खतिवडा, केन्द्रीय सदस्य रमेशप्रसाद धमला, केन्द्रीय सदस्य बजरंग नेपाली छन्।
यसअघि सदस्य रहेका सुवासकुमार पोखरेललाई कांग्रेसले हटाएको छ।
सेतोपाटीसँगको कुराकानीमा पोखरेलले आफूले अन्य जिम्मेवारीमा रहेर काम गर्न चाहेको बताए।
‘अनुशासन समितिमा बस्न मैले नै रूचि नराखेको हुँ, एक महिनाजस्तो भएको थियो बस्दिनँ भनेर सभापतिज्यूलाई जानकारी गराएको,’ उनले भने, ‘पार्टीको अरू जिम्मेवारीमा काम गरिहाल्छु।’