कोशी प्रदेश सभाको नवौं अर्थात् बजेट अधिवेशन जेठ ६ गतेदेखि सुरू हुने भएको छ।
कोशी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले अधिवेशन आह्वान गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयले बिहीबार जारी गरेको पत्रअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरिएको हो।
अधिवेशन जेठ ६ गते बुधबार दिउँसो ३ बजे विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्र सभागृहमा बस्ने तय गरिएको छ।
प्रदेश सरकार (मन्त्रिपरिषद्) ले बिहीबार अधिवेशन बोलाउन सिफारिस गरेको थियो।