राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको छ।
आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको छ।
साथै सातवटै प्रदेशमा सम्पन्न प्रदेश स्तरीय समीक्षा बैठकको प्रतिवेदन, केन्द्रीय कार्यसमिति बैठकको मिति र एजेण्डा, संविधान संशोधन सम्बन्धमा पार्टीको धारणा लगायतका विविध विषयमा छलफल भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
उनकाअनुसार बैठकमा फागुन २१ को निर्वाचन समीक्षा पनि भएको छ।