रास्वपा सांसद रचना खतिवडाले जेनजी आन्दोलनका सहिदका शालिक संसद भवन अगाडि निर्माण यथाशीघ्र थाल्न अनुरोध गरेकी छन्।
सहिद रसिक खतिवडाकी आमासमेत रहेकी उनले बुधबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उक्त कुरा बताएकी हुन्।
‘संसद भवन अगाडि शहिदका शालिक निर्माण यथाशीघ्र थालनी गरियोस्। शहीदको बलिदान र घाइतेको पीडालाई केबल सम्मान मात्रै होइन। व्यवहारिक रूपमा पनि न्याय दिने सम्मान गरियोस्,’ उनले भनिन्।
त्यस्तै उनले रास्वपाकै सांसद भएर सरकारलाई प्रश्न गर्दा आलोचित हुनुपरेको बताइन्।
उनले आफूहरूले सरकारलाई प्रश्न नै गर्न नहुने हो भनेर पनि सोधेकी थिइन्।