पूर्वप्रधामन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' आज संसद बैठकमा अनुपस्थित भएका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आज बजेट पेस गरेका छन्।
प्रचण्ड स्वास्थ्य अवस्थाका कारण बैठकमा उपस्थित हुन नसकेको नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए।
'भाइरल ज्वरोका कारण अध्यक्ष प्रचण्ड आराम गरिरहनुभएको छ', दुलालले सेतोपाटीसँग भने, 'बैठकमा उपस्थित हुन सक्ने अवस्था छैन। उहाँलाई १०२ डिग्री फरेनहाइट ज्वरो आएको छ।’
गत निर्वाचनबाट प्रतिनिधि सभामा हाल एक मात्र पूर्वप्रधानमन्त्री निर्वाचित भएका थिए।
प्रचण्ड गणतन्त्र दिवसमा आज बिहान आयोजित कार्यक्रममा पनि अनुपस्थित थिए।