प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका १०० दिने गतिविधिबारे आज समीक्षा गर्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान साढे ११ बजे सरकारका कामबारहीबारे समीक्षा हुनेछ।
'१०० बुँदे कार्ययोजना र सरकारका १०० दिन' बारे कांग्रेसले समीक्षा गर्न लागेको हो।
उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत रहेको विभिन्न समितिहरूले सरकारका कामकारबाहीबारे समीक्षा गर्न लागेका हुन्।
आज कांग्रेस केन्द्रीय कार्यालयमा सरकारका १०० दिनबारे समीक्षालगायत छलफलको कार्यक्रम पनि छ।
कांग्रेसको अर्थ तथा योजना उपसमितिका संयोजक गोविन्दराज पोखरेलले सरकारका १०० दिने कामकारबाहीबारे समीक्षालगायत कार्यक्रम रहेको जानकारी दिए।
‘आज पार्टी केन्द्रीय कार्यालयमा सरकारका कामकारबाहीबारे समीक्षा गर्ने कार्यक्रम छ,’ उनले भने, ‘त्यसपछि छलफलका कार्यक्रमहरू पनि छन्।’
उक्त कार्यक्रममा सभापति गगन थापा, पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, सांसदहरू लगायत उपस्थित हुनेछन्।