संसदीय सुनुवाइ समितिको बैठक कात्तिक १६ गतेका लागि डाकिएको छ।
सुनुवाइ समितिले जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको सुनुवाइ सम्पन्न गरेको भए पनि निर्णय गर्न बाँकी छ।
कात्तिक १९ गतेसम्म समितिले थापाबारे निर्णय गरिसक्नुपर्नेछ। अन्यथा थापालाई राजदूत नियुक्ति गर्न सरकारलाई बाटो खुल्छ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक सञ्चालन सम्बन्धी नियमावलीले संसदीय सुनुवाइ समितिले नाम प्राप्त भएको ४५ दिनभित्र सुनुवाइ सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरेको छ।
यदि ४५ दिनभित्र समितिले निर्णय नगरे सरकारले आफ्नो निर्णय कार्यान्वयन गर्न सक्छ।
जिज्ञानकुमार थापाको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा समितिका सांसदहरू एकमत भएका छैनन्।
रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको प्रस्तावमा थापाको नाम होल्डमा राखिएको हो।
समितिले १६ गते अथवा १७ गतेको बैठकबाट उनको नामबारे निर्णय लिने तयारी गरिरहेको छ।