नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले चुनदेवीमा पार्टी सम्पर्क कार्यालय उद्घाटन गरेर छलफल प्रारम्भ गरेका छन्।
आजको छलफलमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनदेखि अहिलेसम्म भएगरेका गतिविधिहरू सुनाएका थिए।
पार्टी एकताका लागि पहल गरिराखेको उनको भनाइ थियो। १११ जनालाई केन्द्रीय सदस्य बनाउनुपर्ने प्रस्ताव आफूले संस्थापन पक्षसँग राखेको उनको भनाइ थियो।
साथै उपसभापति विश्वप्रकाश शर्माले आफू र शेखर कोइरालालाई वरिष्ठ नेता प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको कुरा पनि उनले राखेका थिए।
छलफलपछि नेता मीनबहादुर विश्वकर्माले भोलि पनि छलफल जारी रहने बताए।
साउन ६ गते विपी स्मृति दिवस मनाउने निर्णय भएको पनि उनले जानकारी दिए।
१५ औं महाधिवेशन कार्यतालिका र यो सम्पर्क कार्यालयबाट हुने गतिविधिबारे भोलि निर्णय हुने पनि उनले जानकारी दिए।
उनकाअनुसार सभापति गगन थापाबाट पार्टी एकतामा अहसयोग हुने गरी अभिव्यक्तिहरू पनि आइरहेका छन्।
‘पार्टी एकताका लागि हामी प्रयास गर्ने हो, कांग्रेसका लागि वैकल्पिक बाटो खोजेर जाने कुराबारे पनि छलफल भएको छ,’ उनले भने।