नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक आज बस्दैछ।
कांग्रेस संसदीय दल कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो।
प्रतिपक्षी दल नेता भीष्मराज आङ्देम्बेको सचिवालयले दिएको जानकारीअनुसार आज बिहान ११ बजे प्रतिपक्षी दलहरूको बैठक बस्ने तय भएको छ।
बैठकका ४ एजेन्डा छन्।
भोटेकोशी बाढी, सर्वदलीय बैठक र त्यसका निर्णय कार्यान्वयन प्रक्रिया, सरकारले गठन गरेका पछिल्ला समितिहरूको कार्यसम्पादन र अन्य समसामयिक घटनाक्रम एजेन्डा छ।
बैठकमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका नेताहरू सहभागी हुने बताइएको छ।