उपसभामुख रूबी कुमारीले बाढी पीडितका लागि एक महिनाको पारिश्रमिक दिने भएकी छन्।
भदौ १० को भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपसभामुखले १ महिनाको पारिश्रमिक उपलब्ध गराउने भएकी हुन्।
उपसभामुखको निजी सचिवालयले उपसभामुखको एक महिनाको पारिश्रमिक कोषको खातामा जम्मा गरिदिन संघीय संसद सचिवालयलाई पत्र पठाएको हो।