अमेरिकाले नेपाललाई संविधान दिवसको शुभकामना दिएको छ।
अमेरिकी विदेश मन्त्रालयले नेपालको संविधान दिवसका अवसरमा विज्ञप्तिमार्फत शुभकामना दिएको हो।
विज्ञप्तीमा नेपाल र अमेरिकाको बीचमा दौत्य सम्बन्ध स्थापनाको करिब आठ दशक भएको स्मरण गर्दै व्यापार वृद्धि, नवप्रवर्तन र लगानीका क्षेत्रमार्फत नेपाल-अमेरिकाको साझेदारीलाई आगामी वर्षमा थप मजबुत बनाउन तत्पर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
हालै भोटेकोशी हुँदै गएको बाढीपहिरोका कारण परिवार र समुदायले व्यहोरेको क्षतिको स्मरण गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा पीडितप्रति गहिरो समवेदनासहित प्रार्थना रहेको उल्लेख गरिएको छ।
‘खोज, उद्धार र पुनःस्थापनाको प्रयास जारी रहेका छन्। जीवन गुमाउनेप्रति शोक व्यक्त गर्न अमेरिकासँगै उभिएको छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पुनःस्थापनाका प्रयासमा सहयोग गर्न अमेरिका प्रतिबद्ध छ।‘