प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक २०८३ पारित भएको छ।
बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।
विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताएकी थिइन्।
बालबालिकाको अधिकार सर्वाेपरी राखेर विधेयक अघि बढाइएको उनको भनाइ छ।
तालिम लिन चाहने विद्यार्थीका लागि निश्चित मापदण्ड निर्धारण गरिएको उल्लेख गर्दै उनले विधेयकमा दूरदराजका विद्यार्थीका लागि तालिम र विकटका विषयलाई प्राथमिकता सहितका प्रावधान गरिएको बताइन्।
यो पनि- राष्ट्रिय सेवा दल गैरसैनिक हुने, घटाइयो सेनाको भूमिका