नेपाली कांग्रेसको शुभेच्छुक संस्था, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
उनी बारा क्षेत्र नम्बर १ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
उनी अब पार्टी राजनीतिमा सक्रिय भएका छन्।
उनले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
‘म महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छु,’ उनले भने।
असोज १८ देखि २२ गतेसम्म कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंको खुलामञ्चमा हुँदैछ।