सर्वोच्च अदालतका लागि प्रस्तावित ४ जना न्यायाशीशहरूविरूद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ।
प्रस्तावित न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरूद्ध उजुरी परेको हो।
उनीहरूलाई न्याय परिषदको गत असोज २० गतेको बैठकले न्यायाधीश नियुक्ति सिफारिस गरेको थियो।
उनीहरूविरूद्ध कात्तिक ९ गते उजुरी आह्वान भएको थियो भने बिहीबारसम्म उजुरी दिने समय थियो।
प्रस्तावित न्यायाधीशविरूद्ध १३ जनाले उजुरी दिएका हुन्। उजुरीकर्ताहरूले प्रस्तावित न्यायाधीशहरूविरूद्ध संयुक्त र फरक-फरक रूपमा उजुरी दिएका छन्।
रत्नबहादुर बागचन्दका नाममा ५, चन्द्रबहादुर सारूका नाममा ६, जनक पाण्डेविरूद्ध १० र गोकर्ण डाँगीविरूद्ध ७ वटा उजुरी परेको छ।
रत्नबहादुर र चन्द्रबहादुरको सुनुवाइ शुक्रबार र बाँकीको शनिबार सुनुवाइ गर्ने तयारी गरेको छ।
न्यायाधीश सिफारिसमा वरिष्ठता र समावेशीतालाई बेवास्ता गरिएको भन्दै सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले नोट अफ डिसेन्टसमेत लेखेकी थिइन्।