नेपाली कांग्रेसका सभापति गगन थापाले भिडिओ सन्देश जारी गरेका छन्।
बिहीबार अपराह्न सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडिओ सन्देश जारी गरेका हुन्।
उनले भनेका छन्, ‘ढुक्क हुनुहोस्- म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा,तपाईंको साथी, तपाईंको सभापति- कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरा हातहरू सफा छन्। गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।’
प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनेर एउटा अडिओ बाहिर आएको विषय उल्लेख गर्दै सभापति थापाले भनेका छन्, ‘त्यो अडिओ कहाँ, कसले, कहिले, किन बोलेको थाहा छैन। बोलेको हो कि बोलाइएको हो यो पनि थाहा छैन। मलाई धेरै चासो पनि छैन।’
उनले विशेष महाधिवेशन विद्रोह रहेको बताए।
‘विशेष महाधिवेशन पार्टीका भुइँ तहका कार्यकर्ताहरूले गरेको विद्रोह हो, विद्रोह गर्नेले परिणाम के होला भनेर चिन्ता लिन्छ?’ उनले भने, ‘कांग्रेसको राजनीतिक र कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि लेनदेन भएको छैन।’